कोरोना लाग्नु पाप हैन न त अपराध हो, तेसैले घृणा नगर्नुस

कोरोना लाग्नु पाप हैन न त अपराध हो, घृणा नगर्नुस तर ब्यक्तिगत दुरी राख्नुस, पालो जसको पनि आउन सक्छ। यि सबैलाई परामर्श, उपचार र चेतनाको जरुरत छ, बन्दुकको गोलि होईन।
एउटा ठाऊॅमा बसेर self isolate हुनु पनि अपराध होइन तर लापरवाह भएर अरुसंग संपर्कमा आउने र संक्रमणको जोखिम बढाउने त्यो गलत हो र यस्तो लापर्वाही ढाकछोप गर्ने गैर जिम्मेवार अगुवाहरु अपराधी हुन। यि सबैलाई चेतना र अपराध बमोजिम कार्वाही गर्नुपर्ने जरुरत छ।
१२ जना भारतबाट आएका मुस्लिमहरुलाई कोरोना लाग्नु के अपराध हो? उनीहरुको गल्ति भए पुरा समुदाय संग नजोढौ, व्यक्तिबिशेष कार्वाही होस।
नेपालमा यति धेरै नेपालीहरु छन जो हाल विदेशबाट आएर लुकेर बसेछन १४ दिन quarantine मा बस्नुपर्छ भनेर। कोही अस्पतालबाट भागेका छन।
लापर्वाह र अपराधी व्यक्ति हुन सक्छ, तर त्यसमा पुरा समुदायलाई मुछ्नु त्यो झन कतिको अपराध हो?
कोरोना लाग्नेलाई गोलि हान्ने कमेन्ट देख्दा North Korea नै भएछ क्या हो!! अब भन्नुहोस् यसमा अपराधीको?


माननिय कलिला खान ज्यु

Comments