कोरोना को कहर मेरो देश बि.सं. २०२९ सालमा खिचिएको स्याङजा बजारको ऐतिहासिक तस्वीर । यो फोटो अमेरिकी पिसकोर भोलिंटियर रिचर्ड फ़ाउले पाल्पा तानसेन जादा खिचेका रहेछन ।
जानकारी प्राप्त भए अनुरुप यो तस्बिर अहिलेको चौकीको बिपीको सालिकको डिल पट्टीबाट खिचिएको रहेछ । स्याङ्जा अभियान पथबाट पुर्ब उत्तर तर्फ फर्केर खिचिएको रहेछ । यस तस्विरमा नुवाकोटको डाँडा, इन्द्रेस हुँदै सिंहाले माथिको दोरंगाथर समेत देखिएको छ । साथै बालमन्दिर, ठूलो चाँपको रुख, SPR मा रहेको आँपका रुखहरू एवं साबिकको हेल्थ सेन्टर, हाल त्रि.आ.मा. वि. रहेको साबिकको ठूलो पौवा, साबिकको लम्सालथर समेत देखिएको छ ।
स्रोत: सामाजिक संजालमा पनि
Comments