नश्लिय मानसीकता त्यागौं
–हुसेन जि
कोरोना भाइरस विश्वभर महामारिको रुपमा फैलिरहेको छ।सोही महामारी नियन्त्रण गर्न धेरै देशहरुले लकडाउन गरेकाछन।त्यस्तै हाम्रो देश नेपालमा पनि विगत ३ हप्ता देखि लकडाउन भइरहेको छ।यहि लकडाउनको समयमा केहि घटनाक्रम र बिग्रदो सामाजिक सद्भाव भने चिन्ताको बिषय बनेको छ।सदियौंकाल देखी मिलेर बसेका हामी बहुजाती,बहुभाषिक,बहुधार्मिक नेपालीहरु माथि हिलो छ्यापि हाम्रो सहिष्णुता भड्क्याउन खोज्ने केही अतिबादी तत्वका कारण एक किसिमको सन्त्रास फैलियको छ।जुन आम नेपालिको चिन्ताको बिषय हो ।रोग तथा महामारिले कुनै जाती धर्म,वर्ण,लिंग हेर्दैन। भन्ने जानकार नभयका सायदै कोहि होलान र पनि कुनै एक समुदायलाइ लक्षित गरेर दोषारोपण तथा गाली गलौच गरिनुलाई मुर्ख्याइँ तथा निच मानसिकताको पराकास्ठा सिवाय अरु केही भन्न सकिँदैन।नेपालमा मुस्लिम समुदायको उदय कहिले र कसरी भयो भन्नेमा आम नेपाली जनसमुदाय जानकार नै छन।जसरी अमेरिकाले चिनियाँ भाइरस भनेर नश्लिय व्यबहार देखाइरहेको छ।त्यसैगरी यहाँ गलत मानसिकता बोकेका मान्छेहरुले एउटा धर्मलाई त्यही नियतले बदनाम गराउन खोज्दैछन।कुनै धर्मले पाप अपराध गर्न गर्न प्रोत्साहन गर्दैन।जस्ले धर्मको नाम लिए र पाप अपराध गर्छन तिनिहरु विशुद्ध अपराधी हुन।चाहे जुनसुकै धर्मका किन नहुन तिनिहरुलाई कानुन द्वारा दण्डित गर्नुपर्छ।सिंगो धर्म र सम्प्रदायलाई आक्षेप लगाउने होइन।अशिक्षा अन्धविश्वास र चेतनाको कमिले हरेक धर्म र समुदायहरुमा केही ढोँगिहरु जन्मेका हुन्छ्न।हामी त्यस्ता ढोँगी र समाज भाड्ने नश्लिय जोगिहरु बाट जोगिऔ।
जय नेपाल !
जय नेपाल !
Comments