कृपया धर्म काम नाम मा राजनिती नगरौ सबैमा सक्दो सेयर गरौं

धमिलो पानीमा माछा मार्नेको जमात छ भन्ने कुरा बेलैमा सबैले बुझौ... धार्मिक एव साम्प्रदायिक हिसा घटाउन सक्ने गिरोहको पहिचान गर्न जुटौ 🙏
"जसरी हिन्दु धर्ममा मोक्ष प्राप्ती का लागि घर छोड्ने साधु, सन्तहरु, बाैद्ध धर्ममा भिक्षुहरू भने जस्तै  मुस्लिम धर्म मा "जमात" भनेकाे घर छाेडेर हिँड्ने समुदाय हाे ।  जसरी साधुसन्त मन्दिर मा , भिक्षु हरु गुम्बा मा बसे जस्तै  जमातमा हिँडेका मानिस हरु बस्ने ठाउँ भनेको मस्जिद हाे।  साम्प्रदायिक विभेद गर्ने र विशेष धर्मालम्वीलाई निशाना बनाउने काम नगराैं । बरु कतै कुनै जमातीजन मस्जिदमा फसेका छ्न भने  सम्बन्धित निकाय लाई  खबर गरेर क्वारेन्टाइन मा राख्ने ब्यबस्था गरौं । परापुर्ब काल देखीको आपसी मित्रबध सम्बन्ध तोड्ने होइन बरु सबै एकजुट भइ काँधमा काँध मिलाएर यो महामारी विरुद्ध लडौं।  कृपया धर्म काम नाम मा राजनिती नगरौ।"
वास्तविकता नबुझेर समाचार बनाउने हरुको कारण समाजमा धार्मिक संहिष्णुता नभड्कियोस । यो रोग कुनै जाती,धर्म र बर्ग विशेषलाई मात्रै लाग्ने होइन ।

Comments