बाबुरामकाे बेलगाम बाेलीमा अरबबाट लगाम

बाबुरामकाे बेलगाम बाेलीमा अरबबाट लगाम
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
दश बर्षे महान जनयुद्द लडेर आएकाे जनताले आशा अनि भराेषा गरेकाे पार्टि नेकपा माओबादि । याे पार्टिकाे  सफलताका एक खम्बाका रुपमा क.प्रचण्ड का दाहिने हात बनेका बाबुराम भट्टराई युवा पुस्ताले र समग्रमा नेपाली जनताले आशा र भराेषा गरेका नेता थिए। बिद्वान राजनितिज्ञ पाउँदा अब त देशमा केही हाेला भन्ने आशा गरियाे तर डाक्टर साब काे बिचलित मनाेबृत्ति, निर्णय क्षमताकाे कमि र अपरिपक्कताले आफ्नाे साख बचाउन सकेनन । डाक्टर साब पछिल्लाे समय भाेकाे स्याल जस्ता भएका छन् , बेलगाम घाेडा जस्ता भएका छन् , धाबिकाे गधा जस्ता भएका छन् । कहिले यता कहिले उता कुदेका छन्, कहेले के बर्बराएका छन्, कहिले कता साँठगाँट, कहिले कता कहिले कता अपबित्र अनैतिक , अब्यवहारिक सम्बन्ध र गठबन्धन बनाएका छन् । डाक्टर साबलाई नै थाहा छैन म काे हुँ ? जनताले म बाट के आपेक्षा गरेका छन् ? म के गर्दै छु ? भाेलि के गर्ने हाे भन्ने ।

नेपालमा भनिन्छ फलेकाे हाँगाे नुग्छ तर याे डाक्टरि फुलेकाे हाँगाे त हल्लेकाे हल्लेई भयाे मन्दिरकाे घण्टा झैँ । डाक्टर भट्टराईले बाेल्ने बिषय , भाषा र व्यवहार एक माझिएकाे नेताले नेतृत्वले बाेल्ने, राजनितिक आचरण वा भाषार शैली नभई फुटपाथे भाषा साेच र शैली भेटिन थालेकाे छ । पहिले पहिले डा भट्टराईकाे नाम सुन्दा रेडियाेकाे भाेल्युम ठूलाे पारेर सुन्नेहरु आचेल भट्टराईकाे बाेलि पानिमा पादेबराबर ठानेका हुन्छन् । बिचलित मनाेबल र बिचलित व्यवहार भएकाे र कुनै थाहा, थिति र ठेगान नभएकाे पँगु मान्न थालेकाछन् , फुर्सदमा रमाईलाे र जाेकका लागि डाक्टर साबलाई सुन्न र हेर्न थालिएकाे छ ।

डाक्टर भट्टराईले आफ्नाे अनियन्त्रित कटु बचनले आफु र आफ्नाे चरित्रलाई मात्र प्रहार गरेका छैनन देशकाे संविधान सँबैधानिक ब्यवस्था र त्यस ब्यवस्थाले निर्देश गरेकाे देशका राष्ट्रपति, प्रधानमन्त्रि, न्याय प्रणाली, शासन ब्यवस्था लगायतमा प्रहार गरेका छन् , भट्टराइकाे शनकि र अनियन्त्रित बाेलबाला मध्ये राष्ट्रपती र प्रधानमन्त्रि माथि आँखा झिम्क्याईदिए पास गर्दिने आँखा झिम्क्याईदिए  फिर्ता गरिदिने मान्छे भनेर राष्ट्रपति माथि प्रहार गरेका छन् याे प्रहार आराेप र ब्याङ्ग्य बिधा भण्डारिमाथि मात्र नभई मेराे देशकाे सँबिधानले तर्जुमा गरेकाे सम्माननिय सँस्था माथिकाे प्रहार र ब्यङ्ग्य हाे । भट्टराईले प्रधानमन्त्रि र प्रम कार्यलयलाई  हिटलर, महिसासुर लगायत उपनाम दिएका छन्  के हामी महिसासुरका जनता हाैँ ?? देशकाे संविधान र सँबैधानिक अँगहरुमाथि यसप्रकार निर्लज्ज भएर गालिगलाेजमा उत्रिनु जायज हाे ? राजनितिक आचरण भित्र पर्दछ ? बाबुराम प्रतिकाे जनआपेक्षा यहि थियाे ?

बिराेध गर्ने तरिका हुन्छ , बाेल्ने शब्द शैलि हुन्छ, राष्ट्रपति र प्रधानमन्त्रि माथि सडक र मिडियामा बेलगामी बाेल्नुभन्दा , बिधानसम्बत बिराेध गर्नुस, राजिनामा माग्नुस, अबिश्वास प्रस्ताब दर्ता गर्नुस । बिकल्प छन् नि छैनन र ?? देशकाे संविधान  र सँबैधानिक निकायकाे धज्जि उडाउने अधिकार बाबुरामलाई छ ??  के बाबुराम छाडा साँढे हाे ?? जसलाई भेट्याे हानि हाल्ने ?? जे बाेले पनि हुने ??

बाबुरामकै प्रबृत्तिमा निर्लज्ज भएर उत्रिने हाे भने बाबुरामलाई कहिले कता कहिले कता पाेईला गईरहने प्रबित्ति लाई के उपनाम दिने ?? जताततै अनैतिक , अपबित्र र अनिश्चित सम्बन्ध राख्नेलाई कसकाे रख्खेल भन्ने ? हामी दस बर्षे शशस्त्र द्वन्दलाई महान जनयुद्द मान्छाैँ र भन्छाैँ , बाबुरामकै शैलिमा गिरेर भन्दा शशस्त्र द्वन्दकालमा मान्छे मारेकाे भनेर हत्यारा भन्दिने ?

डा साब तपाइलाई अपमानित गर्दा म आफै अपमानित भएकाे महसुस गर्छु , मेराे देश, देशकाे संविधान र ब्यवस्था अपमानित हुदा म आफू अपमानित भएकाे महसुस गर्छु । ब्यक्ति गलत हाेला गलत्याउनुस, बाहिर निकाल्नुस कानुनत: कारबाहि प्रकृया अगाढि बढाउनुस तर देशका सँबिधानत: बनेका सँबैधानिक अँगहरु र ब्यवस्थाहरु माथि प्रहार गर्ने कु-चेष्टा नगर्नुहाेस ।

तपाईकाे शुभचिन्तक
अर्जुन घिमिरे
मरुभुमिबाट

Comments