कतै हामी नेपाली को लागि असुभ सन्केत त होइन ?
मोहमद रफि अध्यक्ष आबु खैरेनी मुस्लिम समाज
देस मा कोरोना सन्क्रमित ब्यक्ती हरु बडि रहेको देस लकडाउन मा गुज्रिरहेको अवस्था मा सरकार ले आइतबार देखि विभिन्न उधोग,कलकारखाना लगायत सरकारी तथा बित्तिय सस्था हरु लाई सन्चालन गर्न दिने निर्णय ले हामी नेपाली जनता लाई सरकार ले कुन दिशा तर्फ लैजादै छ भन्ने सोच ले पिरोलदै छ के त्यहा कुन निकाए को निगरानी हुन्छ ?? के त्यहा सामाजिक दुरि कायम रहन सक्छ ?? के त्यहा कोरोना संक्रमण हुन सक्दैन ?? यदि भै हाल्यो भने यस्को जिम्म कस्ले लिने ?? नेपाल का पहाडी भेग मा भन्दा तराइ भेग मा तिब्र रुप मा बड्दै गएको कोरोना भाइरस को संक्रमण अझै बड्दै जाने र भोलि देसै भरी फैलिन सक्ने कुरा मा कसै को दुई मत छैन यदि त्यो अवस्था आयो भने नेपाल सरकार ने तयारी गरेका बिस्वासिला आधार हरु के ?? के यो देस मा ठुला बडा अनि कलकारखाना उधोग भएका लाई कोरोना संक्रमण हुदैन के पास भएका ब्यक्ती लाई कोरोना संक्रमण हुदैन ? पक्कै पनि यो गम्भीर बिसय हो यसको लागि सरकार ले विशेष ध्यान दिनु जरुरी छदेस लकडाउन मा डुबेको बेला छिमेकि रास्ट्र भारत ले नेपाल को भु भाग ७८/८० किलो मिटर मिचेर सडक बनाउनु यता चीन ले नेपाल को पहिचान बोकेको सगरमाथा नापेर चिन तिब्बतको स्वायत्त क्षेत्रमा पर्छ भनेर सामाजिक सन्जाल मा समाचार प्रवाह गर्नु हामी नेपाल र नेपाली को लागि कति दुख को कुरा हो हाम्रा पुर्खा ले अर्ज्या को सम्पती अरुले हाम्रो भन्नू अनि हाम्रा पररास्ट मन्त्रीले यो बिसय मा त मलाइ केही थाहा छैन भनेर गैर जिम्मेवार समाचर दिनु हाम्रो भुमी ब्यावस्था मन्त्रीले ले ईतिहास देखि नै लिम्पियाधुरा नेपाल को नक्सा मा छैन भनेर समाचार दिनु हामी नेपाली को लागि कति सम्म दुख को कुरा हो हामी नेपाली कति सम्म अभागी रहेछौ जस्लाइ नेपाल र नेपाली को जिमा दियौ आज उनी हरु नै गैर जिम्मे वारि भएर बस्ने ........कतै यो हामी नेपाली को लागि असुभ सन्केत त होइन
Comments