मेरो देश र मेरो धर्म आंखा का दुई नानी हु्न्
मोहम्मद शाहिद अली
कठै ! तिमीहरूलाई र, तिम्राे अज्ञानतालाई देखेर दया लागेर आएकाे छ । “तिमी पाकिस्तानी हाै, आतंकवादी हाै, तिमी आइते हाै, तिम्राे देश नेपाल हाेइन, तिमीलाई भगाउँनु पर्छ” जस्ता अभिव्यक्ति दिने केही विखण्डनकारी जसले याे देश टुक्र्याउँन चाहन्छन्, टुक्रिएकाे हेर्न चाहन्छन् । हाम्राे देशकाे शान्ति खलबल्याउँन चाहन्छन्, ख़बरदार ! तिम्राे याे अपवित्र चाहना कहिल्यै पुरा हुने छैन । किनकि देशकाे भलाई चाहनेले कहिल्यै साम्प्रदायिक कुरा गर्दैन । जसले कट्टरतावादी साेंच राख्छ, चाहे मुसलमान हुन् या अन्य धर्मावलम्बी तिनीहरू राष्ट्रका निमित्त भाइरस हुन् ।
आराेप लगाउँने मुठ्ठी भर झुण्ड, के तिमीहरूले नेपालकाे इतिहास पढेका छाै ? इतिहास पढेकाे भए कदापी यस्ताे भन्ने आँट गर्दैनथ्याै । पहिले इतिहास पढ़ । नेपाल बन्नु पहिलेकाे इतिहास हाम्राे पाउनेछाै । पृथ्वीनारायण शाह हुन् या ति भन्दा पहिलेका नेपाल खाल्टाेका राजाहरू तिनीहरूकाे पालामा व्यापार गर्न, हात हतियार बनाउँन, साहित्य-कला, भेषभुषा, खानपानमा विशेष भूमिका खेलेकाे मुसलमानकाे गाैर्वान्वित इतिहास भेट्नेछाै । हाम्रा दादा परदादा बाइसी-चाैविसी राजाहरूका मुखिया थिए । हाम्राे इतिहास जान्न चाहन्छाै भने हनुमानढाेका पुग । जहाँ शिलालेख समेत पाउनेछाै । इतिहास पहाडकाे मात्र नपढियाेस् । तराई-मधेसकाे मुसलमानकाे इतिहास पनि पढाैं । जहाँ इस्लाम आएकाे इतिहास भेटिन्छ । सम्भवतः त्याे झन् पुरानाे इतिहास हाे ।
मुसलमानले याे देश टुक्राउने कल्पना समेत कहिल्यै गर्ने छैनन् । हाम्राे इतिहास पढ़ । याे देश बनाउँनेमा हाम्राे बलिदान भेट्ने छाै । हरेक परिवर्तनमा हाम्राे सत्प्रतिशत हिस्सेदारी भेट्नेछाै । सदियाैं पुरानाे हाम्राे इतिहास खाेतल्नु, देशलाई टुक्र्याउने त के मुसलमानले देशलाई आघात पुग्ने अभिव्यक्ति दिएकाे समेत सुन्न पाउने छैनाै । हेक्का रहाेस् यहाँ त “फ्रि मधेस” काे नारा लगाउँनेकाे पनि कमि छैन । तर, हामी हाम्राे राष्ट्रिय अखण्डताका निमित्त प्राणकाे आहुति समेत दिनेछाैं ।
पाकिस्तान भित्रिए वा भित्राइए भन्ने समेतकाे आराेप लाग्छ । नि:संदेह पाकिस्तानी र, हाम्राे धर्म एउटै हाे । जसरी क़तार र, साउदी अरब या अन्य देशका मुसलमानसँग हाम्राे धार्मिक नाता छ । स्मरण रहाेस् ! हाम्राे जस्ताे नाता हरेक धर्मावलम्बीकाे नाता रहेकाे देशहरू पनि छन् । धर्म संस्कृति पनि एउटै छ । त्यसाे भन्दै गर्दा हामीले आफ्नाे राष्ट्रभन्दा माथी ति देशलाई राख्न सक्छाैं ? ति देशका स्वार्थलाई प्रमुखतामा राख्न सक्छाैं ? कदापी सक्दैनाैं । हामीलाई हाम्राे देश त्यति नै प्याराे छ जति हामीलाई हाम्राे धर्म प्याराे छ । अत: म भन्छु “मेराे धर्म र, मेराे देश दुई आँखाका नानी हुन्” ।
प्रथमत: पाकिस्तान वा अन्य मुस्लिम राष्ट्रबाट काेही मुसलमान नेपाल आउँछन् भने जरूरी छैन कि उनीहरू सबैसँग हाम्राे सम्बन्ध रहन्छ । कदापी रहदैन । केहीसँग रहन्छ भने त्याे सराेकारवालाहरू सँगनै सिमित रहन्छ । याे आश्चर्यकाे विषय पनि पक्कै हैन । किनकि पाकिस्तानीलाई वैधानिक तरिकाले नेपाल आउने अनुमति हाम्राे देशले दिएकाे छ । वैधानिक रूपमा आउने र, वैधानिक काममा साथ दिनु या साथ लिनु अपराध पनि पक्कै हाेइन । तर, हाम्राे भूमी या हामीलाई प्रयाेग गर्न कसैले चाहन्छ भने त्याे हामीलाई कदापी स्वीकार्य छैन । किनकि हाम्राे इतिहास गवाह छ हामी याे राष्ट्रकाे रक्षार्थ प्राणकाे आहूती दिन तयारछाैं । क़दमकदाचित कुनै व्यक्तिबाट यस्ता गल्ती नै गरेछ भने त्याे नितान्त व्यक्तिकाे गल्ती हुन्छ र, त्यस गल्तीकाे सजायकाे हक़दार पनि त्यही व्यक्ति हुन्छ नकि १२-१३ लाख जनसंख्या भएकाे सिंगाे समुदाय । अत: यस्ता आराेप लगाउँन बन्द गरियाेस् ।
पाकिस्तान बनेकाे कति भयाे ? ७३ बर्ष । नेपाली मुसलमानकाे इतिहाँस कहिलेकाे हाे ? नि:संदेह सदियाैं पुरानाे हाे ।
देश अहिले आक्रान्त छ । यस बेला मिथ्या आराेप लगाएर राज्यलाई झन् समस्यामा नपाराैं । यदी देशलाई साँचाे माया गर्छाैं भने हामी सदियाैंदेखी बन्धुत्व भावना, भाइचारा, धार्मिक सहिष्णुता, धार्मिक सद्भावका साथ हाम्राे मातृभूमिलाई अक्षुण्ण र, सार्वभाैम राख्न सफल छाैं । कहिं कतै कुनै २-४ व्यक्तिले जानेअन्जानेमा गल्ती नै गरेछन् भने पनि त्यसलाई मानवीय गल्ती साेचेर सच्याउने तर्फ लाग्नु पर्ने हुन्छ । चाहे त्याे जुसुकै धर्मावलम्बी हुन् । यसलाई साम्प्रदायिक रंग दिने भुल कदापी गर्नु हुँदैन । यस समस्याबाट देशलाई मुक्त बनाउँन हातेमालाे गराैं, काँधमा काँध मिलाएर अगाडी बढाैं । हाम्राे गाैर्वान्वित इतिहास र, राष्ट्रिय एकतालाई थप मजवुत बनाआैं । केही गलत तत्वछन् तीनका पछाडी नलागाैं । सजग र, संयमित बनाैं
Comments