यस्तो माहामारी को रुप लीरहेको अवस्थामा नेकपा ले एक सुको कोरोना कोष मा दीएन

काठमाडौं । कोरोना महामारीका लागि सरकारले आपतकालीन कोष बनाउने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका तर्फबाट ५० लाख रुपैयाँ कोषमा सहयोग गर्यो । कांग्रेसका सांसदहरुले आधा महिनाको तलब पनि कोरोना कोषमा जम्मा गराए । राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले कोरोना कोषमा ५ लाख रुपैयाँ जम्मा गर्यो । तर लाजको विषय, संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अहिलेसम्म ए रुपैयाँ सहयोग गरेको छैन । नेकपाले संस्थागत रुपमा सो कोषमा एक सुको सहयोग घोषणा समेत नगरेकोबाट अधिकांश अचम्मित भएका छन् ।
सत्तारुढ दल , सबैभन्दा धेरै सांसद र आम्दानी भएर पनि नेकपाले कोरोना कोषमा औपचारिक रुपमा सहयोग गरेको छैन । सो पार्टीमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख सुवास नेम्वांग, पूर्वसभामुख ओनसरी घर्ती, पूर्व सभामुख कृष्णबहादुर महराज, पूर्व उपप्रधानमन्त्री वामदेव गौतमजस्ता भेट्रान नेताहरु छन् । तर उनीहरुले सुको सहयोग घोषणा नगर्दा नेकपाकै कार्यकर्तासमेत आश्चर्यमा परेका छन् । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले व्यक्तिगत रुपमा कोषमा २ महिनाको तलब जम्मा गर्ने बताएपनि पार्टीले औपचारिक र संस्थागत रुपमा कोषमा एक सुको नहालेको हो ।
सत्तामा रहेर पनि कम्युनिष्ट नेताहरुले यत्ति ठूलो विपत्तीमा सहयोगको भावना देखाउन सकेनन् । बरु सरकारी राहत र खरीदबिक्रीमा कम्युनिष्ट नेताकार्यकर्ता र व्यापारीहरुको र्याल चुहिएको छ । हालै कोरोना रोकथामका लागि उपकरण किन्न भएको सम्झौतामा करोडौंको अनियमितताको आशंका गरिएपछि कम्युनिष्ट सरकार पछि हटेको थियो । नेकपा दुईमध्ये एक अध्यक्ष केपी ओली प्रधानमन्त्रीको भूमिकामा रहेरपनि जनताको समस्या समाधानका लागि काम गर्न सकेका छैनन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि जनताको दुखमा सहयोगको हात बढाउन सकेका छैनन् । बरु मासुको मिठो परिकार बनाउन खानमा मस्त छन् ।

Comments