जुनसुकै धर्म, समुदाय, लिङ्ग, उमेरका ब्यक्तिमा जुनसुकै रोगको संक्रमण हुन सक्छ।



जुनसुकै धर्म, समुदाय, लिङ्ग, उमेरका ब्यक्तिमा  जुनसुकै रोगको संक्रमण हुन सक्छ। हाल बिश्वभरि महमारिको रुपमा फैलिएको कोरोना रोग एक संक्रमित मान्छे बाट अर्को मान्छेमा सामाजिक सम्पर्कको माध्यम बाट नै फैलिने भएको हुनाले ब्यक्तिहरु बिच स्वाभाविक रुपमै यस्तो समाजिक सम्पर्क नहुनको लागि नै सरकारले लक्डाउन गरेको कुरा तपाईं हामी जानकार नै छौ जमातमा आबद्ध केहि ब्याक्ति संक्रमित हुनु स्वाभाविक भएकोले त्यस्ता ब्याक्ति पहिचान गरि क्वारंटीनमा राखी परीक्षण गर्न, संक्रमित पाइएकालाई आइसोलेशनमा राखी उपचार गरे मात्र रोगको महामारी नियंत्रणको एक मात्र उपाय भएकोले जमातमा आवबद्ध ब्यक्ति स्वयं नै अग्रसर भइ जांच गराउन, गरेको कुरा हाम्रो बुझाइमा आएको छ कोही कसैले कुरा नबुझि अफुवा फैलाउन खोजेको छ्न अरु कुनै कारणले सवयं चेक जांच गराउन नसकेको ब्यक्तिको जानकारी सम्बंधित निकायलाई गराई सबैलाई जांचको दायरामा ल्याइ दिन सबैमा आग्रह गर्दछु।  यस्तो कठिन परिस्थितिमा समेत केहि ब्यक्तिहरु  जमातीको नाममा पुरै मुस्लिम समुदायको चरित्र हत्या हुने गरि समाजिक सद्भाव बिगार्नको  लागि परेको देखिएकोले त्यसरी समाजिक सद्भाव बिगार्ने अभिब्यक्ति दिन बन्द गरियोस  भनी  हार्दिक अनुरोध गर्दछु। 
(माननिय कलिला खान ज्यु )

Comments