लकडाउन मा फसेर मस्जिद मा बस्न बाध्य भएका १४ जना को आरडिटी रीपोर्ट नेगेटीभ आएको छ ।
बयरघारी भीरकोट।उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ ।
कोरोनाको जोखिम नियन्त्रण गर्न जारी लकडाउनका क्रममा फसेर मस्जिदमा बस्दै आएका १२ जना र शनिबार एक जनामा कोरोनाको संक्रमण पुष्टि भएसंगै सरकारले देशैभरका मस्जिदमा निगरानी र अनुगमनलाई तिव्रता दिएको हो ।
यसैक्रममा शनिबार दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको छ ।
आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको दकम नगरपालिकाका प्रवक्ता गीता अधिकारीले बताइन ।
उपप्रमुखसमेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिर्पोट नेगेटिभ आएकाले त्रसित हुनुपर्ने अवस्था छैन । उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ ।
कोरोना सङ्क्रमण हुन नदिन सरकारले लकडाउन जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन् । उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन् ।
कपिलवस्तुको मस्जिद र मदरसामा अनुगमन, भेटीएनन् जमाती
त्यस्तै तराइका जिल्लामा रहेका बिभिन्न मस्जिदहरुमा समेत स्थानीय तह र प्रशासनले निरिक्षण र अनुगमनलाई तिव्रता दिएको बताइएको छ ।
शनिबार नै कपिलबस्तुको जवाभरी र चन्द्रौटा लगायतका स्थानमा रहेका मस्जिद, मदरसामा समेत अनुगमन गरिएको छ । तर त्याहा जमाती मुस्लिम नभेटिएको स्थानीय प्रशासनले जनाएको छ ।
अनुगमनमा कपिलबस्तुका प्रतिनिधी, प्रहरी, प्रशासन पत्रकार, मुस्लिम अगुवा लगायतको टोली सहभागी रहेका थिए ।
Comments