ए समाजका मान्छेहरु हामी मान्छे हौ कुकुर होइनौ कमसेकम
दलित,
नमस्ते म,रन्जन परियार,
केही लेख्दै छु,समय भए पढिदिनुस🙏
हामी दलित हौ,र दलित लाई दलित भन्दैमा केही फरक पर्दैन,बस एहि एउटा कुरामा फरक पर्छ कि दलित लाई दलित त भन तर अपहेलन न गर,किनकी दलित पनि तपाइहरु जस्तै मान्छेहुन,!!
हाम्रो समाज,जहाँ दमाई,कामी,सार्किलाइ दलित भनिन्छ,तर ठाउँ अनुसार धेरै दलितहरु छन जुन दमाई,कामी सार्की भन्दा छुट्टै थरका पनि छन,!!एहा सबै हेपिएका छन,बस कोहि डराएर आवाज उठाउदैनन,कोहि हामिलाइ परेको होइन भनेर आवाज उठाउदैनन,अनि कोहि आवाज उठाउदा उठाउदा थाकिसके,!!
छुवाछुत गरे भनेर सबै दोस बाहुनबाद लगाउनु पनि गलत हो,किनकी हाम्रो समाजमा एहा दलित दलित बिचमा पनि छुवाछुत छ,
म रन्जन परियार,यानिकी दमैको छोरो,म स्वयम् आफैले गालि खाएको छु कि सार्किको घरमा पानी छोए भनेर,,!!अनि भन्नुस सबै दोश बाहुनबाद लाई लाउनु ठिक कि बेठिक,??
बाहुन वाद दुई प्रकारका छन,
एक छुवाछुत अन्य गर्नै पर्छ भन्ने,
अनि आर्को दलितले छोएको चल्दैन भन्ने,
अनि हामी दलित पनि
दमाई,कामी सार्की बिच भेदभाब गर्छन,
आवाज उठाउदा केही डराएर साथ दिदैनन,मानौ कि कुनै दलितलाइ त मेरो घरमा पस भनेर एउटा ब्राह्मण ले भन्यो भने उडराउछ र भन्छ कि हुदैन नि हजुर,!!
अनि कसरी हुन्छ समाज परिबर्तन??
केही पढिलेखेका दलितहरु ले आवाज उठाएर कहिले न्याय पाउने जब कि एउटा परिवारको दाजुभाइ नै एक हुदैन भने त्यो परिवारलाइ समाजको जस्ले पनि हात हाल्न खोज्छ अनि लथालिङ्ग बनाइदिन्छ,जुन हाम्रो दलित समुदायमा भै रहेको छ!
म यो बाहुनबाद समाजलाइ भन्छु कि,यो हामिलाइ न भन्नु कि
किन तिमिहरु दलित कोटा खोज्छौ,,
दलित त्येसै दलित भएका होइनन उ बेला छोराछोरिलाइ पढाइको साटो गोठालो लान्थे त्येही बेला देखि हेपिएको दलित आज सम्म हेपिए,
बस त्येस्लाइ सुधार्नको लागि सरकारले अपनाएको एउटा बाटो मात्रै हो,,
हामिलाइ कोटा छात्रवृत्ति केही चाहिदैन,यो देशमा जो आर्थिक बिपन्न छ त्यो कोटा तिनिहरुलाइ मिलोस,केही त मिलेकै छ जस्तै पिछाडिएको क्षेत्र,को लागि कोटा,,छदैछ,!
कुनै पनि नेपालिलाइ प्रेम गर्ने अधिकार छ,दुई जना मिलेपछी प्रेम हुन्छ,अनि प्रेम भएपछी बिहे गर्ने बेला रोक लगाउनु पनि एउटा अपराध नै हो,,
लक्ष्मी प्रसाद देबकोटा पनि बाहुन नै थिए,!!
जस्ले लेखेका थिए,मानिस ठूलो दिलले हुन्छ जातले हुदैन,
अनि सब पडेर पनि अबुझ हुन्छन छुवाछुत गर्ने मान्छेहरु??
सबै कुराको समाधान मृत्यु होइन,!!
एहा मान्छे मार्दैमा मान्छेको सोच परिबर्तन हुदैन,!!
न त दलित हरु डराएर प्रेम गर्न नै छोड्छन,!!
ए समाजका मान्छेहरु हामी मान्छे हौ कुकुर होइनौ कमसेकम मान्छेलाइ मान्छेको दर्जा त देउ🙏
एहा सबै दलित पनि उस्तै छैनन अनि सबै बाहुन पनि उस्तै छैनन,
एति मात्र भएको छ कि
बाहुन भित्रका सबैले आवाज उठाउदैनन,
अनि दलित भित्रका सबै एकजुट हुदैनन,,!
अनि कहाँ बाट आउँछ समानता???
आखिर कहिले हामी एक्जुट??
कहिले पाउने न्याय,,कुनै सरकार आउला र छुवाछुत हटाउला भनेर बस्ने कि हामी एकजुट भएर अगाडि बड्ने,???
छुवाछुत उन्मुलन भयो भनेर जेठ चार गरे जिल्लामा ठुलै कमिटी भएको थियो जहाँ म पनि सहभागी थिए,अनि जहाँ दलितलाइ सुनाउनु पर्ने प्रबचन थियो,जहाँ छुवाछुत गर्ने ठाउमा सुनाउनु पर्ने प्रबचन थियो त्यो एउटा बन्द कोठामा 200/300 जनालाइ सुनाइदै थियो अनि Live देखाइएको थियो,
छुवाछुत त्यो पिछाडिएको गाउमा छ,जहाँ कुनै संचारका माध्यम छैन,के तिनिहरुले त्यो कोठा भित्रको आवाज सुन्लान त??
मेरा दलित दाजुबैनी हरु हामी आफैमा धेरै कमजोर छौ एक पटक आफै सोचेर हेरौ त एक थुकी सुकि सय थुकी नदि भन्ने थाहा होला नि पछाडी फर्केर हेर न छो मलाइ भन्ने बाहुनको बिचमा हात दिने बाहुन पनि भेटिन्छन,बस कम भेटिन्छन,!!
त्येसैले सुरुवात हामी बाट गरौ,सत्यको जित पक्कै हुनेछ,आउनुस सङ्गै हातेमालो गर्दै अगि बढौ,हात दिने लाई साथ दिऔ,न दिनेलाइ लात दिउ,एक दिन हाम्रो जित हुनेछ,!!
दलित भनेर कुनै पनि गाली गलौज र नानाभाती post गरेर आफुलाइ महान सम्झनु जरुरी छैन जस्ले बुझ्छ उस्ले समाजमा परिबर्तन खोज्छ जस्ले बुझेको छैन उ कुकुर सम्मान हो,र कुकुर नै रहने छ,!!
आवाज यो मेरो,
मन परे share गर्दिनुहोला,!
रन्जन परियार
धादिङ,नेपाल,!
यो लेखले कसैलाई असर परेमा माफी पाउ,!जस्ले जस्तो सोच्छ त्यो उस्को दिमागमा भर पर्ने कुरा हो🙏🙏 — feeling sad at Home.
Comments