गाई काटिंदा कानुन पल्टाईन्छ नेता बोल्दैनन् आज दलित काटिंदा कानुन बोल्दैन !
जसले जे बहाना पेश गर तर एउटा जवाफ देउ, साँझ जाउन , राती जाउन , बिहान जाउन, दिउसो जाउन, पाँच जना जाउन, दस जना जाउन, पन्ध्र जना जाउन, बिस जना जाउन, त्यही दलित नवराज को ठाउँमा मगर वा गुरुङ वा क्षत्री वा बाहुन नवराज हुन्थे भने त्यो घटना घट्थ्यो ? गाइ काटिँदा कानुन पल्टाइन्छ तर नेता बोल्दैन । आज दलित काटिँदा कानुन बोल्दैन, छानविन समिती बोल्छ, ससंद मा नेता को भोट बैंक मानसिकता बोल्छ । प्रदेश सरकार ले राहत घोषणा गरेको छ रे ! राहत को भेल मा न्याय नबगोस ! प्रतिक्रान्तिको खतरा ढोकैमा आइसक्यो । अपराधी सबै लाइ कारवाही गर सरकार ।
Comments