स्याङ्जामा आरडिटी परीक्षणद्वारा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ
स्याङ्जामा आरडिटी परीक्षणद्वारा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।
गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला भण्डरीका अनुसार गल्याङ नगरपालिका वडा नं. ३ का ३८ वर्षीय पुरुषमा आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
उनीसँगै अन्य १० जना भारतबाट केही दिन पहिला नेपाल आएको पुष्टि भएको छ । उनीहरु सबैको बुधबार गण्डकी प्रदेश नाका राम्दीमा आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
उनी स्थानीय मिलन आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेको नगरपालिकाले जानकारी दिएको छ । उनको आजै पिसिआर परीक्षणका लागि तयारी भैरहेको स्वास्थ्य शाखा प्रमुख भण्डरीले बताए
हामि अब झनै सचेत रहने बेला आएको छ यो माहामारी लाई हल्का मा न लिन पनि अनुरोध गर्दछु हाम्रो जिल्ला मा पहीलो पटक कोरोना ले घन्टी बजाएको छ
Comments