कोरोनाविरुद्धको खोपको परीक्षण सफल भयो
काठमाडौं । एक अमेरिकी कम्पनीले कोरोना भाइरस (कोभिड–१९) को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ जना मानिसमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टिबडी विकास भएको पाइएको बताएको छ । कम्पनीले अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट संक्रमित मानिस बराबर पाइएको थियो । वास्तवमा नै यो खोप कोरोना भाइरसको संक्रमण रोक्न फलदायी हुने वा नहुने भन्ने सुनिश्चित गर्न आगामी जुलाई महिनामा यसको परीक्षण शुरु हुने अपेक्षा छ । अहिले विश्वभर कोरोना भाइरसको खोप निर्माणको काम अभूतपूर्व गतिमा भइरहेको छ । खोप तयार भएपछि अधिकांश मानिसको प्रतिरक्षा प्रणालीलाई कोेरोना भाइरससँग लड्न सक्ने बनाउन सकिने अपेक्षा छ । जसको कारण कोरोना भाइरसको कारण मानिस बिरामी पर्दैैनन् । साथै लकडाउनलाई पनि सुरक्षितरुपमा हटाउन सकिन्छ । अनलाइनखबरबाट
अहीले यो माहामारी रोक्थाम का लागी वीस्व भरी ८० वटा कम्पनि हरु लागी परीरहेका छन्
Comments