दु:खी गरीब का साहारा बने समिर खान Covid 19

 काठमाडौँ – युवाहरुका ढुकढुकी, असाहय अनाथ पिडितका अन्नदाता युवा ब्यबसायी तथा समाजसेवी समिर खान समाजसेवामा कहिले नथाक्ने योद्धा हुन् । सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका युवा ब्यबसायी समिर खान लकडाउनको समयमा पनि एक सैनिक सरह सामाजिक कार्यमा अहोरात्र खटेर सेवामा जुटेका छन् । लकडाउनले गर्दा हात मुख जोड्न बाट बन्चित निम्नबर्गका जनताहरुलाइ उनीहरुको आँसु पुछ्न उनि निरन्तर प्रयासरत छन् ।
 बिगत २ महिना देखि दैनिक खान खुवाउँने कार्य देखि सम्पूर्ण सम्प्रदायका राहतबिहिन जनताको घर घरमा पुगेर उनले दुखेको घाउमा मलमपट्टी लागाउने कार्य गरेका छन् । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा समाजसेवी तथा युवा ब्यबसायी समिर खान राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएका छन् ।
 युवा बर्गका ढुकढुकी र प्रेरणाका श्रोत बनेका समिर खान भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा समिर बताउँछन । राष्ट्रनै संकटमा परेको बेला सम्पूर्ण युवावर्ग जागरुक हुनुपर्ने र सामाजिक कार्यमा जुट्नु पर्ने समिर खान बताउँछन।

Comments