आज थप ३२३ जनामा कोरोना संक्रमण यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४०८५
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ३२३ जनामा को’रोना भाइ’रसको संक्रमण भेटिएको छ । जस मध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३२३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको जानकारी दिएका छन । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ४०८५ पुगेकाे छ । मंगलबार अपरान्हको प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ३२३ जना को’रोना संक्रमित थपिएको बताएका हुन्। विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा को’रोना पोजेटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले सम्म पीसीआर विधिबाट १ लाख ६ हजार ३ सय ३१ र आरडीटी विधिबाट १ लाख ६६ हजार १ सय ५८ जनाको नमुना परीक्षण गरिएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म कुल संक्रमित मध्ये ५८४ जनाले को’रोना जितेका छन् । जस मध्ये ५०७ जना पुरुष र ७७ जना महिला रहेका छन् । नेपालमा पहिलो पटक माघ १० मा चीन बाट आएका नेपाली विद्यार्थीमा को’रोना पुष्टि भएको थियो। पछिल्लो समय को’रोना संक्रमण न्यूनी करणका लागि लक डाउन गरिए पनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।
Comments